पोखरा । आफ्ना देवरलाई मिर्गौला दान गर्ने भाउजूको फराकिलो सहृदयी मनको सर्वत्र चर्चा भएको छ । अंगदान जो कसैले गर्न सक्ने चीज होइन, मरेपछि आँखा दान त गर्न नसक्नेहरुको भीडमा यस्तो फराकिलो हृदय गुणगान हुनु स्वभाविक हो ।
मिर्गौला फेल भई अस्वस्थ रहेका नेकपा (एमाले) जिल्ला कमटी कास्कीका सदस्य मोहन सुवेदीलाई आफ्नी भाउजू रूपा–७, हंसपुर निवासी सुष्मा सुवेदी (जानुका) ले मिर्गौला दान गरेकी हुन् ।
सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरमा किड्नी ट्रान्सप्लान्ट गर्ने कार्य सम्पन्न भएको खबर प्राप्त भएको एमाले कास्कीका उपसचिव एवं प्रचार विभाग प्रमुख दर्शन लामाले बताए ।
उनले भने– ‘उहाँलाई किड्नी दान गर्नुहुने भाउजू महामानव जानुका सुवेदीप्रति उच्च सम्मान गर्दै उहाँहरु दुवैमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
साउनबाटै मिर्गौला प्रत्याराेपण प्रक्रिया सुरू भएको थियाे ।
सम्बन्धित खबर
स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट
गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा, स्वास्थ्यमन्त्री पाठकद्वारा शुभारम्भ
खुल्ला भजन चुड्का प्रतियोगिता हुने
‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’
स्याङ्जामा सवारी दुर्घटना घट्दै
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम