सुदुरपश्चिमले पुलिस हराउँदा मधेश अन्तिम चारमा, आर्मीको जीतसँगै सेमिफाइनल समिकरण पूरा

केपी ओली कप टि २० राष्ट्रिय क्रिकेट

सुदुरपश्चिमले पुलिस हराउँदा मधेश अन्तिम चारमा, आर्मीको जीतसँगै सेमिफाइनल समिकरण पूरा

crick khel

सुदुरपश्चिम प्रदेशले विभागिय टोली नेपाल पुलिस क्लव संग पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि २० क्रिकेटमा सनसनीपूर्ण जित दर्ता गर्दा मधेश प्रदेश नेट रनरेटका आधारमा मधेश प्रदेशले अन्तिम चारमा स्थान पक्का गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशाला त्रिकेट मैदानमा मंगलबार भएको खेलमा १५९ रनको लक्ष्यलाई सुदुरले १८.४ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको हो । सुदुरले आफ्नो पारीमा १६२ रन बनायो । सुदुरले ४ विकेटले पुलिस विरुद्ध खेल जित्यो ।

आजको खेल जितेको सुदुर र नेपाल पुलिस भने दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् । ग्रुप सि मा रहेका तिन वटै टोलीको बराबर अंक रहेको छ । मधेशको रनरेट १.४७२, पुलिसको १.०८४ र सुदुरपश्चिमको ३.२२९ छ । नेपाल पुलिस क्लबले मधेशलाई ५७ रनले पराजित गरेको थियो भने मधेशले पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।

सुदुर पश्चिमका खेलाडी छैटौं नम्बरमा आएका किरण ठगुन्नाले अविजित अर्धशतकीय पारी खेले । ३४ बलको सामना गरेका किरणले चार चौका र २ छक्काको मद्धतले नटआउट रहँदै ५१ रन बनाए । छैटौं र सातौं नम्बरमा आएका किरणर नरेन साउदले उत्कृष्ट पारी खेल्दै ९३ रनको साझेदारी गरेका थिए । उनीहरुको साझेदारी नै जिका लागि बाटो खुल्यो । नरेनले ३० बलमा पाँच चौका र एक छक्का प्रहार गरि ३९ बनाए । उनी नरेन रसिद खानको बलमा आरिफ शेखको हातबाट क्याच आउट भए । सुदुरका लागि नारायण जोशीले ७ बलमा १७ रन प्रहार गरि विभागिय टोली विरुद्ध जित शुनिस्चित गरे ।

पुलिसका लागि राशिद खानले ३ विकेट लिए भने सुनिल धमला र सागर ढकालले समान १–१ विकेट हात पारे । टस जितेर पारीको सुरुवात गरेको नेपाल पुलिस क्लवका लागि ओपनर कुशल भुर्तेलले ५१ बलको सामना गर्दै ५ चौका र ५ छक्का प्रहार गरि ६७ रन बनाए । अर्का ओपनर सुनिल धमलाले दुईचौका र दुई छक्काको सहयोगमा ४० बलमा ४२ रन जोडे । उनी बसन्त खत्रीको बलमा आउट भए । पहिलो विकेटको लागि भुर्तेल र धमलाले १०४ रनको शतकीय साझेदारी गरेका थिए । धमला व्यक्तिगत ४२ रनमा पेभेलियन फर्किए । खेलमा २ छक्का प्रहार गरेका अर्जुन साउद व्यक्तिगत २० रनमा आउट हुन पुगे । करन केसीले तीन बल खेल्दै ७ रन बनाउने क्रममा एक छक्का हिर्काउँदै नटआउट रहे । खेलमा विकास आग्रीले २ विकेट लिए ।

उक्त खेलमा सुदुरका किरण ठगुन्ना प्लेयर अफ दि म्याच घोषित भए ।

आर्मीको जितसंगै सेमीफाइनल समिकरण पूरा

 भिम सार्की र सन्तोष कार्कीको अर्धशतकिय पारिमा पोखरा रंगशालामा जारी केपी ओली कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली नेपाल आर्मीले जित हासिल गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा आर्मीले कोशी प्रदेश विरुद्धको खेल जिते संगै सेमीफाइनलको यात्रा समेत तय गरेको हो ।

मंगलबारको खेलबाट जारी प्रतियोगिताको सेमीफाइनल समिकरण समेत पुरा भएको छ । आर्मी समुह डि मा ४ अंक बटुल्दै शिर्ष स्थानमा रहन सफल भयो भने आर्मी संगै समुह ए मा ४ अंक बटुलेको बागमती प्रदेश, समुह बिमा २ अंकका साथ एपिएफ क्लव र समुह सिमा २ अकका साथ मधेश प्रदेशले सेमीफाइनलको यात्रा तय गरेका छन् । विहिबार हुने सेमीफाइनलमा आर्मी र बागमती तथा दोश्रो खेल एपिएफ क्लव र मधेश प्रदेशका विच हुनेछ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको हो । टस जितेर पहिल ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतयि पारी खेले । सन्तोषले ४१ बलमा ५० रन बनाएर रिटायर्ड हर्ट हुँदै पेभिलियन फर्किदा भीमले २४ बलमा ५३ रन बनाए । आर्मीका कप्तान बिनोद भण्डारीले १७ र रोहित पौडेलले २३ रनको योगदान दिए ।

बलिङतर्फ कोशी प्रदेशका सर्वण यादवले सर्वाधिक ३ विकेट लिन सफल भए । उनले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । कोशीका लागि कमल खत्रीले २, प्रकाश कार्की र सोनु मण्डलले समान १–१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको कोशी प्रदेश १८.२ ओभरमा १ सय ४७ रनमा समेटियो । कोशीका लागि सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाए । समीर कार्कीले ३४, सुजन थपलियाले २१ र मनिश थापाले १६ रनको योगदान दिए ।

बलिङतर्फ आर्मीका सोमपाल कामी र विवेक यादवले समान २–२ विकेट लिए । बसिर अहमद, जितेन्द्र मुखिया, शाहब आलम र रोहित पौडेलले १–१ विकेट लिन सफल भए ।

भोली बुधबार एक मात्र खेल मदन भण्डारी स्पोर्टस एकेडेमी निलो र कोशी प्रदेशका विच हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds