उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

Chhath

पोखरा । उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर यस वर्षको छठपर्व समापन गरिएको छ ।

हिजो अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत समापन गरेका हुन् । व्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।

सूर्यको आराधना गरेर कार्तिक शुक्ल चतुर्थीका दिनदेखि विधिवत् रूपमा सुरु भएको छठपर्व आज समापन गरिएको हो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ। छठमा विशेषगरी सूर्य र छठी माताको पूजा आराधना गर्ने परम्परा छ। विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख–समृद्धि प्राप्त हुने र छालाका रोग नास हुने विश्वास गरिन्छ।

विशेष गरी मिथिलाञ्चल क्षेत्रमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौँ उपत्यका लगायत विभिन्न पहाडी क्षेत्रहरूमा पनि मनाउन थालिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ