पर्वतको मोदी गाऊँपालिका – ६ तिलाहारमा चाउचाउ पकाउने क्रममा जलेर एक बालकको मृत्यु भएको छ ।
साविकको तिलहार गाबिसका पुर्व अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पर्वत जिल्ला नेता लोकेन्द्रजंग लामिछानेका ११ बर्षिय छोरा एञ्जलजंग लामिछानेको शनिबार मृत्यु भएको हो । मृतक लामिछानेका एक मात्र छोरा हुन । उनका दुई दिदी छन् ।
साउन ६ गते चाउचाउ पकाउन ग्याँस बाल्ने क्रममा शरीरमा आगो सल्किएर गम्भीर घाइते भएका लामिछानेको काठमाडौं किर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चाउचाउ पकाउन ग्याँस बाल्ने क्रममा खुल्लै छाडेर सलाई खोजेर बाल्ने क्रममा शरीरमा आगो सल्किएको छिमेकीले बताएका छन् ।
घाइते भएका बालक लामिछानेलाई उपचारका लागि पोखरा ल्याईएकोमा थप उपचारका लागि किर्तीपुर अस्पतालमा पु¥याइएको थियो । लामिछाने स्थानिय नवजागृत माबि तिलहारमा ५ कक्षामा अध्ययनरत थिए । मृतकका बाबु लोकेन्द्रजंग लामिछाने सोही बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हुन् ।
लामिछानेको निधनमा बिद्यालयले शोक मनाएर एक दिन आइतबार बिद्यालय बन्द गरेको प्रधानाध्यापक बिष्णुप्रसाद सुबेदीले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की