पोखरा वडा नं. २४, कास्कीकोट लौरुक निवासी बिक परिवारमा तिहारकै बेला ठूलो बज्रपात पर्यो । हाते ट्याक्टरले गोडा छेड्दा रक्तश्रावका कारण टेकबहादुर बिकको ज्यान गयो ।
कार्तिक २४ गते दिउँसो दुई बजेतिर आफ्नै खेतबारीमा हाते ट्क्याक्टरले खनजोत गर्दै गर्दा अचानक अनियन्त्रित भै बायाँ गोडा छेड्न पुगेको पूर्व जनप्रतिनिधि धनबहादुर नेपालीले जनाएका छन् ।
हाते ट्य्राक्टर बायाँ गोडामा ३ वटा घाउ बनाउँदै तिघ्राबाट छेडिँदा अत्यधिक रक्तश्राव भएको र अचेत अवस्थामा अस्पताल लगिएको थियो । उनलाई तत्काल उद्धार गरेर उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगी उपचार जारी थियो । तर, कार्तिक २८ गते साँझ ६ बजे उनको निधन भयो ।
बिकको शरीरको रगत सञ्चालनमा समस्या देखिएपछि डाक्टरहरुले अपरेशन गर्नुपर्ने सल्लाह दिएका थिए। डाक्टरहरुको सल्लाह बमोजिम देब्रे गोडाको घुँडाभन्दा तल्लो भाग काटेर उपचार हुँदै आएकोमा अचानक मृत्यु भएको परिवारले जनाएको छ ।
बिकका श्रीमति, १९ वर्षका छोरा, ५ वर्षकी छोरी र २ वर्षे छोरा रहेका छन् । चाडबाड मान्न फर्केका बिक चाडबाडकै दिन अस्ताउँदा परिवारजन सहिनसक्नूको पीडामा छन् । परिवार सबै विक्षिप्त छन् ।
टेकबहादुर साउदी अरबमा काम गर्दै आएका थिए । उनी अब दुबई जाने तयारीमा थिए । त्यसको लागि सबै तयारी भइसकेको थियो ।
बिक परिवारको सहयोगार्थ रकम संकलन पनि सुरु भएको छ । सहयोगी मनहरुले धनबहादुर नेपालीलाई ९८४६०८७९२६ मा सम्पर्क गर्न सकिनेछ ।
बैंक खाताको विवरण: (निजको श्रीमतीको)
Bank Name: Muktinath Bikash Bank Ltd.,
Harichowk Branch, Pokhara
Account Number: 01122300739761000001
Account Name: Samjana Kami
सम्पर्क नं:
+977 970-2722787 (छोरा सुवास बिक)
+977 980-6706697 (श्रीमती सम्झना कामी)
+977 9862383661 (BP Gautam)
सम्बन्धित खबर
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
पोखराको होटलमा जुवा खेलिरहेका ६ जना पक्राउ
गण्डकी प्रदेशमा पनि ६९ औं प्रहरी दिवस मनाइयो
पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेन
डेंगु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु