प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिनाभन्दा बढी प्रधानमन्त्री हुन नसक्ने साथीहरूले बताए पनि आफू १० महिनादेखि प्रधानमन्त्री भइरहेको बताएका छन्।
‘सबैभन्दा थौरै समय प्रधानमन्त्री अटल बिहारी बाजपेयी १३ दिन भएका रहेछन्। १३ दिनमै छाड्न परेको रहेछ,’ शुक्रबार तनहुँको आँबुखैरेनी अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘कोही १५ दिन, कोही २० दिन प्रधानमन्त्री बनेका रहेछन्। साथीहरू भन्थे- एक महिनाभन्दा बढी तेरो जाँदैन। ठिकै छ, एक महिना राम्रो काम गर्ने कोसिस गर्छु, गर्दा गर्दै छाड्नु परेछ भने जनतामा जान्छु भनेको थिएँ। भन्दै जाँदा अहिले १० महिना, अब ११ महिना हुन लागिसक्यो, बाँचिराखिएको छ, प्रधानमन्त्री भइराखिएको छ।’
उनले अझै राम्रो काम गर्न आफूले खोजिरहेको बताए। ‘भ्रष्टाचार र बेइमानहरूलाई अझै बढी ठिक गर्ने विचार छ,’ उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिलाई अझै राम्रो गर्ने। गर्न खोज्दाखोज्दै कोही आएछन् भने जनता त छँदैछन्। आँबुखैरेनीमा शुक्र चुमानले गरेजस्तै केन्द्रमा हामीले त्यसै गरियो भने जनताले साथ दिने पक्का छ।’
सम्बन्धित खबर
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश तयारी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते