सुनको मूल्य एकै दिन २३ सय रुपैयाँले बढ्यो

सुनको मूल्य एकै दिन २३ सय रुपैयाँले बढ्यो

gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा एकैदिन दुई हजार तीन सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन एक लाख १५ हजार पाँच सय र तेजाबी सुन एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार छापावाल सुन एक लाख १३ हजार दुई सय र तेजाबी सुन एक लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

मङ्गलबार, बुधबार र हिजो बिहीबार तिहार बिदामा सुनचाँदीको मूल्य तोकिएको थिएन ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले बढेर एक हजार चार सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds