नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्यहरूले जाजरकोट भूकम्पका पीडितहरूलाई १५ दिन बराबरको तलब सहयोग गर्ने भएका छन् ।
कांग्रेस गण्डकी प्रदेश संसदीय दलको पदाधिकारी बैठकले सो रकम नेपाली कांग्रेस केन्द्रीय राहत कोषमार्फत भूकम्प पीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको हो ।
गत कार्त्तिक १७ गते राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. १, रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षति प्रति दलले गहिरो दुःख व्यक्त गरेको छ ।
भूकम्पमा परी मृत्युवरण गरेकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै, भूकम्प प्रभावितहरूलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग बैठकले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते