घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

sun

पोखरा । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन एक लाख १५ हजार ४ सय र तेजाबी सुन एक लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन एक लाख १५ हजार ९ सय र तेजाबी सुनको मूल्य एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ४१५ रुपैयाँमा नै किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ