सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल १० करोड दिने, घाइतेहरूको निःशुल्क उपचार गर्ने

सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल १० करोड दिने, घाइतेहरूको निःशुल्क उपचार गर्ने

jajarkot bhuk

पोखरा । सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल १० करोड रुपैयाँ निकासा गरेको छ ।

आज उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आकस्मिक बैठकले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा जनही ५–५ करोड रुपैयाँ पठाउने निर्णय गरेको हो ।

सरकारले जाजरकोट र पश्चिम रुकुममा गएराती गएको भुकम्प पछि भूकम्प प्रभावितको खोज र उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ निकास गराउने निर्णय गरेको हो ।

सो रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय गरेको र उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गरिने जनाइएको छ ।

यस्तै, भूकम्पमा परेर घाइते भएकाहरूको उपचार सरकारले निःशुल्क गर्ने जनाएको छ ।

घाइतेहरूको उपचारका लागि स्वास्थ्यकर्मीहरूको टोली घटनास्थल पठाइसकिएको र आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds