पोखरा । पुतली बाजे’ नामले चिनिने कोलिन स्मिथको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको हरियोखर्क अस्पताल पोखरामा शनिबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको स्मिथ निकटस्थ सुनिल उलकले जानकारी दिए।
साढे २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरको उपचार गराइरहेका उनी केही दिन अघि पोखराको हरियोखर्क अस्पतालमा भर्ना भएका थिए ।
पोखराको लामागाउँ घर भएका स्मिथ अशक्त भएपछि चर्चमा बस्न थालेका हुन्। ‘पुतली बाजे’ को सोमबार अन्त्येष्टि गरिनेछ। गाईघाटमा अन्त्येष्टि गर्नुपूर्व श्रद्धाञ्जली दिन उनको पार्थिव शरीरलाई नयाँगाउँ र नदीपूरको चर्चमा राखिने उलकले बताए।
‘पुतली बाजे’ बेलायतबाट वि.सं. २०२२ मा नेपालमा आएका थिए । युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालय अध्यापन गराउने क्रममा उनी युनाइटेड मिसन टू नेपालमार्फत पढाउनका लागि भनेर आएका थिए ।
पोखरा लामाचौरस्थित नेपाली आदर्श विद्यालयबाट अध्यापन सुरु गरेका उनी पोखरा र गोरखाका विभिन्न स्कुलमा अध्ययन गराएका थिए।
नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदान दिएका उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २०७६ मंसिर १६ मा मानार्थ नेपाली नागरिकता प्रदान गरेको थियो । उनले नागरिकताका लागि सन् १९९० देखि नै आवेदन दिन थालेका थिए।
स्मिथले पुतलीबारे ३० भन्दा बढी किताब प्रकाशित छन्।
सम्बन्धित खबर
पोखरामा स्कुटर चोरीमा संलग्न पक्राउ परेका ८ मध्ये ७ जना बालक
पत्रकार महासंघ गण्डकीले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र
राष्ट्रिय हेमजा आलु महोत्सव चैत २४ देखि, तयारी तीव्र
खाद्य शुद्धतालाई दृष्टिगत गर्दै अर्गानिक फुड बैंक
मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारवाही गर्न भौतिक मन्त्रीको निर्देशन
गण्डकी प्रदेश प्रमुख समक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश
यो पनि पढौँ
स्ववियु निर्वाचन [अपडेट]: पीएनमा अनेरास्ववियुको अग्रता बढ्दै, स्वतन्त्रले पछ्याउँदै
ज्ञानेन्द्र र परिवारका सुरक्षाकर्मीहरू व्यापक कटौती, १५५ जनामा अब १५ मात्रै
पोखराबाट अमेरिकन महिला अपहरण गरी फिरौती माग्ने युवती पक्राउ
नवराज सुवेदी घरमै नजरबन्द, राप्रपा नेता रवीन्द्र मिश्र र धवल शम्सेर पक्राउ