सुनचाँदी कतिमा हुँदैछ कारोबार?

सुनचाँदी कतिमा हुँदैछ कारोबार?

silver-gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा दुई सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन एक लाख १५ हजार ९ सय र तेजाबी सुनको मूल्य एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि हिजो बिहीबार छापावाल सुन एक लाख १५ हजार ७ सय र तेजाबी सुन एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ