डाका मुद्दाको फरार प्रतिबादी ६ वर्षपछी पक्राउ : क्षेत्री पुर्पक्षको लागि थुनामा

डाका मुद्दाको फरार प्रतिबादी ६ वर्षपछी पक्राउ : क्षेत्री पुर्पक्षको लागि थुनामा

pakrau-3

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले डाका मुद्दाको फरार प्रतिबादी लाइ ६ वर्षपछी पक्राउ गरेको छ । तनहुँको साबिक राईपुर गा.बि.स. वडा नं. ४ बस्ने बर्ष ५९ का रुक प्रसाद लम्सालको २०६९ जेठ २९ गते रातको १२ बजेको समयमा घरमा हतियरा देखाएर २ तोलाको सुनको सिक्रीका गहनाहरु डाँका गरी वारदात पश्चात फरार रहेका मिठु सापकोटा भन्ने राजु सापकोटा क्षेत्रीलाई गत मंगलबार ब्यास नगरपालिका वडा नं. ३ स्थितबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साबिक केशबटार गा.बि.स. वडा नं. ७ हाल ब्यास नगरपालिका वडा नं. १४ स्थायी घर भएर हाल ब्यास नगरपालिका वडा नं. ४ बाघभन्ज्याङ डेरा गरी बस्ने  बर्ष ४४ को मिठु सापकोटा भन्ने राजु सापकोटा क्षेत्री लाइ पक्राउ गरी जिल्ला अदातल तनहुँमा उपस्थित गराउदा साउन ९ गतेको अदालतको आदेशानुसार पुर्पक्षको लागि थुनामा गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ