पोखरा नदिपुर स्थित प्रतिभा मावि मा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुका लागि प्रतिभा कोड फेस्टिभल सुरू भएको छ ।
कार्तिक १२ देखि २४ गतेसम्म सञ्चालन हुने फेस्टिभलमा ४८ विद्यार्थी सहभागी छन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई काेडिङ ज्ञानका लागि कार्यक्रम आयोजना गरिएको हो ।
उक्त फेस्टिभलको उद्घाटन गर्दै विद्यालयका प्राचार्य किरण सापकोटाले अहिलेको प्रविधिको युगमा अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा प्रतिभा कोड फेस्टिभल कोशेढुंगा हुने विश्वास व्यक्त गरे । यो विद्यार्थीहरुको लागि बिदाको राम्रो सदुपयोग भएको सापकोटाले बताए ।
विद्यालयका कम्प्युटर शिक्षक प्रविण ढुंगानाले उक्त फेस्टिभल संयोजन गरेका छन् भने काेडिङ कक्षाको प्रशिक्षकको रुपमा विवेक खत्री र सुरज श्रेष्ठ रहेका छन् ।
सम्बन्धित खबर
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
प्रतिभामा त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम
पिसीएमका नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण [तस्वीरहरू]
एमालेका जनप्रतिनिधिले मागे पोखरा महानगरको विशेष नगरसभा
पोखरा वडा नं. १२: आइटी पढ्नेलाई नि:शुल्क इन्टरनेट
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते