पोखरा महानगरपालिका वडा नं. २२ मा नगरबस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।
पोखरा छोरेपाटबाट शान्ति स्तुपा हुँदै पुम्दिकोट महादेव मन्दिर जाँदै गरेको ग १ख ८५८५ नम्बरको माइक्रो बस छोरेपाटनदेखि ५०० मिटर माथि घैयाखेत एरियामा भिरबाट लगभग २० मिटर तल खसेको कास्की प्रहरीले जनाएको छ ।
बसमा ३५ जना सवार थिए । प्रारम्भिक सूचना अनुसार १६ जना घाइते भएकोमा ४ जनाको अवस्था केही गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी एसएसआई शिव पाठकले जानकारी दिए ।
जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार घाइतेहरुको पोखराका अस्पताहरूमा उपचार भइरहेको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।
कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको छ ।
छोरेपाटनदेखि शान्ति स्तुपाहुँदै महादेव मन्दिरसम्म चल्ने पोखरा यातायात प्रालिको सो बस दिउँसो पौने १ बजेतिर उकालो स्थानमा दुर्घटनामा परेको हो ।
घाइतेहरूको उद्धार गरी एम्बुलेन्समार्फत् अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ