काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित चितवन भरतपुर महानगरपालिका-१० घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ४४ वर्षीय झविन्द्र सापकोटाको दृश्या होटलमा जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख १२ हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित खाली टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय कमल बडायक समेत १२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद १ लाख १ हजार ३ सय ६५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यता, मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका-१० बिराटचोक बस्ने ३७ वर्षीय सुशिल कुमार काफ्लेको घरमा जुवातास खेलिरहेको अवस्थामा काफ्ले समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ५१ हजार २ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला