धादिङ जिल्लाका भलिबल कप्तान मनोजकुमार श्रेष्ठ झुण्डिएको अवस्था मृत फेला परेका छन् ।
सिद्धलेक गाउँपालिका-३, ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी सन्तु जैसवालले जनाएका छन् ।
बिहान ६ः४५ बजे शव भेटिएको भन्दै खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर नेतृत्वको टोली घटनास्थल पुगेको जैसवालले बताए ।
उनी गंगाजमुना-४, गुम्दीका स्थायी वासिन्दा हुन् । श्रेष्ठ बुधबार नलाङ खिर्रेमा भएको तमु युवा समाज खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी थिए ।
उनी नेतृत्वको टोलीले बुधबार भएको खेल जितेको थियो । उनी टिमसहित सलाङमा बस्न गएको बताइएको छ । श्रेष्ठकी श्रीमती विदेशमा छिन् ।
मृत्युको कारण पोष्टमार्टम जाँचपछि खुल्ने प्रहरीले बताएको छ । घटनास्थल आसपास हालसम्म सुसाइड नोट वा अन्य कुनै संकेत फेला नपरेको बताइन्छ ।
सम्बन्धित खबर
त्रिशूलीमा ट्रक खस्यो
झ्याप्ले खोलामा पुरिएका थप १० शव फेला
झ्याप्ले खोलामा थप एउटा बस र तीन वटा शव भेटिए, गोरखाबाट आएको बस हुन सक्ने
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पृथ्वी राजमार्ग अवरुद्ध, गल्छी नजिकै पहिरोले कार बगायो, यात्रु बसमा पनि क्षति
धादिङमा बस र माइक्रो ठोक्कियो, आठ जना घाइते
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ