युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले नेपालीका मुख्य चाडपर्वलाई मध्यनजर गरी चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ ।
युआरएलको सभागृहचोकमा रहेको मुख्य कार्यालयसहित प्रदेशभरि रहेका युआरएलका २० शाखाबाटै उपभोक्ताले यो अफरको सुविधा पाउँछन् ।
गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००ः २०१५ प्राप्त युआरएलमा कात्तिक महिनाभरि युरिक एसिडको जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा ३० प्रतिशत छुट दिइएको छ ।
महान् पर्वका बेला नेपालीलाई सुलभ दरमै स्वास्थ्य जाँचको अवसर दिन चाडपर्व अफर ल्याइएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । युआरएलले स्थापना कालदेखि नै आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी अहिलेसम्म डेढ सयभन्दा बढी निशुल्क शिविर आयोजना गरिसकेको छ ।
चाँडै पोखराको लेकसाइडमा युआरएलको नयाँ शाखा सञ्चालन गर्ने तयारी भएको प्रबन्ध निर्देशक गणेश कोइरालाले जानकारी दिए ।
सम्बन्धित खबर
तालचोक–बेगनास सडकखण्ड विस्तार कामको विश्व बैंक टोलीद्वारा अवलोकन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
प्रतिभामा त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम
पिसीएमका नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण [तस्वीरहरू]
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा