चुनावमा विदेशबाट फोनका भरमा गलत शक्तिले भोट पाए: प्रचण्ड

चुनावमा विदेशबाट फोनका भरमा गलत शक्तिले भोट पाए: प्रचण्ड

prachanda-2

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशमा भएका लाखौं नेपालीले मतदान नगर्दा मतदान फर्जी हुन थालेको बताएका छन् ।

जनप्रगतिशील मञ्च आवद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग भेटघाट तथा अन्तर्राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गदै फोनका भरमा गलत शक्तिले भोट पाएको बताए ।

उनले भने, ‘अहिले धेरै नेपाली विदेशमा छन्, उनीहरूको मतदानको अधिकार दिएपछि मात्रै फियर इलेक्सन हुने नेपालमा । विदेशमा भएको लाखौं नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी हुने भयो । उहाँबाट फोन गरेको भरमा मत राख्नुपर्ने र त्यहाँ चाहिँ सोसल मिडियाजस्तो विभिन्न माध्यमबाट प्रभावित हुने खतरा देखा पर्‍यो ।’

देशको आवश्यकता, राजनीतिक चेतना, मूल्य मान्यता, भन्दा पनि भनसुनको आधारमा चल्ने हुन थालेको बताए । वस्तुगत र वैज्ञानिक ढंगले मतदानको अधिकार पनि दिनुपर्छ भन्ने नीति अन्तर्गत प्रवासीहरूलाई पनि मतदानको अधिकार दिनुपर्छ भनेर निर्वाचन आयोगलाई पनि निर्देशन गरेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds