अनेरास्ववियु जिल्ला कमिटी कास्की दशै, तिहार, छठ तथा नेपाल सम्वत पर्वको शुभकामना आदानप्रदान तथा चियापान गरेको छ ।
अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय लेखा आयोगका अध्यक्ष सुनिल तिमिल्सिनाले अब बिद्यार्थी रचनात्मक क्रियाकलापको साथै देशमै केही नयाँ सृजना गरी अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रमका बिशेष अतिथि नेकपा एमाले अन्नपूर्ण गाउँपालिका अध्यक्ष विवेक देवकोटाले बिद्यार्थी आन्दोलनको मोडालिटी अब नयाँ दिशा तर्फ जानुपर्ने उल्लेख गरे ।
कार्यक्रममा मादी गाउँपालिका कमिटिकी प्रतीक्षा पौडेल, प्रदेश कमिटी सदस्य सुनिल बाबू पोखरेलले गजल , कविता बाचन गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य कमिटीका उपाध्यक्ष शिव पराजुली र कार्यक्रम संचालन सचिव बिजय भुजेलले गरेका थिए ।
सम्बन्धित खबर
तालचोक–बेगनास सडकखण्ड विस्तार कामको विश्व बैंक टोलीद्वारा अवलोकन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
प्रतिभामा त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम
पिसीएमका नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण [तस्वीरहरू]
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ