अफगानिस्तानमा फेरि ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प

अफगानिस्तानमा फेरि ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प

Earthquake

पोखरा । अफगानिस्तानमा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ ।

हेरात राज्यको राजधानी हेरात नजिक स्थानीय समयअनुसार बिहान ५ बजेर १० मिनेट जाँदा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पले नजिकका जिल्लामा ठूलो क्षति पु¥याएको बताइएको छ । भूकम्पपछि आएको पहिरोले हेरात–टोरघुन्डी राजमार्ग अवरुद्ध गरेको छ ।
सहायता एजेन्सीहरूले अहिले त्यहाँ ब्ल्यांकेट, खाद्यान्न र अन्य आपूर्तिको अभाव भएको बताएका छन् ।

यसअघि गएको शनिबार पनि अफगानिस्तानको हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परेर एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds