प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको युद्धमा फसेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयबाट प्रचण्डले इजरायलको बंकरमा रहेका विपिन सुवेदीसँग भिडिओ कुराकानी गरेका हुन्।
कुराकानीमा प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई उद्धार गर्न सरकार तीन दिनदेखि लागिरहेको बताएका छन्। उनले यही विषयमा छलफल गर्न मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाइएको जानकारी गराए। उनले सरकारले गरेको प्रयासका बारेमा त्यहाँ रहेका विद्यार्थीहरूलाई पनि कम्युनिकेट गरिदिन सुवेदीलाई आग्रह गरे।
प्रधानमन्त्रीलाई विपिन र साथीहरुले आफूहरुलाई यो बेला शीघ्र नेपाल फर्कने चाहना बाहेक अरु केही नचाहिएको भन्दै सरकारसमक्ष गुहार मागे ।
परराष्ट्रमन्त्री एनपी साउदले पनि त्यसअघि फोन गरेका छन् । साउदले इजरायल दुतावासका कर्मचारी सहित सुरक्षाकर्मीबाट उद्धार हुने आश्वासन दिए ।
दुतावासले एनआरएन प्रतिनिधिसहित उद्धार पहल गरिरहेको उनले बताए । बिपिनका अनुसार केही समयभित्र आफूहरुलाई तेल अभिब लैजान पहल भइरहेकाे दुतावासले बताएको छ । आफूहरु छिटोभन्दा छिटी उद्दारको पर्खाइमा रहेकाे उनले बताए ।
प्रधानमन्त्री प्रचण्ड र बिपिनबीचको कुराकानी :
प्रधानमन्त्री : सुदूरपश्चिमको सबै विद्यार्थीहरुको नेतृत्व गरेको हो ?
बिपिन सुवेदी : हो हो हो ।
प्रधानमन्त्री : यहाँ रमेशजी (प्रधानमन्त्रीका स्वकीय)सँग तपाईँको लगातार कुरा भइरहेको थाहा पाइरहेको छु ।
बिपिन :हजुर ।
प्रधानमन्त्री : अहिले परराष्ट्रमन्त्रीसँग कुरा पनि भइ नै हाल्यो । हामी अस्ति देखि नै लगातार लागिरहेका छौं । स्थिति एउटा विस्तारै अवस्थामा आइरहेको छ । यही विषयको लागि अहिले क्याबिनेटको बैठक पनि बोलाइएको छ । सर्वदलीय बैठक पनि बोलाइएको छ । इजरायली राजदूतावासमा पनि लगातार कुरा भइराखेको छ । सायद अहिले परराष्ट्र मन्त्री स्तरमा पनि कुरा होला ।
यो सबै कुरा तपाईले त्यहाँ सबै विद्यार्थीहरुलाई कम्युनिकेट गरिदिनुपर्यो । ह्याभोक क्रियट गर्ने हुन्छन् ।
बिपिन :सबै जनालाई भन्दिइसकें ।
प्रधानमन्त्री : अँ अँ ।
बिपिन :अहिलेको अवस्थामा एकजोर कपडा र पासपोर्ट व्यागमा हालेर रेडि भएर बस्नुस् । केयर गर्नुस् भनें । सबै जना रेडि हुनुहुन्छ ।
प्रधानमन्त्री : थ्याङ्कु बीपीन जी । रमेश जीसँग कम्युनिकेसनमा बस्नुस् ल ।
बिपिन : हामीलाई छिटो भन्दा छिटो नेपाल फकाईदिनुस् ।
प्रधानमन्त्री : ल ल । हामी त्यो तयारी गरिरहेका छौं । सक्रियताको साथ गरिराखेका छौं । ल हस् त ल ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते