इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

ISRAEL-attack

पोखरा । इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिमका सात जना विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम प्रदान गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरुका परिवारलाई राहत स्वरुप दुई÷दुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको हो।

विज्ञप्ति मार्फत इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोधसमेत गरिएको छ । इजरायलमा आतंकवादी समूह हमासले गरेको हमलामा परी आइतबार १० जना नेपालीको ज्यान गएको थियो । जसमध्ये सात जना सुदूरपश्चिमका विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds