बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टरस्केलको परकम्प

बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टरस्केलको परकम्प

Eartheque

साङ्केतिक तस्बिर

बझाङ । बझाङमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।

आज बिहान ११ बजेर ४५ मिनेटमा बझाङको भातेखोला केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यस्तै, १२ बजेर ३२ मिनेटमा पनि चार दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

आजको भूकम्पका कारण घरको पाली भत्किएर मष्टा गाउँपालिका –४ का ८६ वर्षका सुको फराडा घाइते भएको वडाअध्यक्ष उत्तम जोशीले जानकारी दिए । बझाङ केन्द्रबिन्दु भएर गएको मङ्गलबार (असोज १६ गते) दिउँसो २ः४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन् ।

उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ