अनलाइन बेटिङमार्फत २४ करोड बढी कारोवार गरेको आरोपमा युवक पक्राउ

अनलाइन बेटिङमार्फत २४ करोड बढी कारोवार गरेको आरोपमा युवक पक्राउ

Pintu-Kumar-Shah-

काठमाण्डौ। इन्टरनेटको दुरुपयोग गर्दै अवैध अनलाइन बेटिङबाट करोडौं कारोवार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले झापाको दमक नगरपालिका -१२ घर भएका ३० वर्षीय पिन्टुकुमार शाहलाई पक्राउ गरेको हो।

शाहले अवैध अनलाइन बेटिङबाट २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले वानएक्स बेट, मेल्बेट ओआरजी, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, रूपी बेट,स्काई बेट, बाल्लिज बेट, खेल विन, इन्डियो २४ बेट र केएनजेम ८८ जस्ता वेबसाइटहरूमार्फत साहले युजरनेम र पासवर्ड सृजना गरी बेटिङ गर्न लगाएको प्रहरीको भनाइ छ।

पक्राउ परेका शाहलाई जुवा तथा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds