पोखरा । चाडवाडका बेला उपभोक्ता ठगिन नदिने भन्दै पर्यटन, उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाईमा बजार अनुगमन समितिले पोखरामा अनुगमनलाई तीव्रता दिइएको छ ।
यसैक्रममा बिहीबार एउटा खाद्यान्न पसल र एउटा मासु पसलमा अनुगमन भएको छ । पोखराको सृजना चोक नजिक रहेको दाङ भ्याली फ्रेस हाउस र रत्नचोक नजिक रहेको निकी ट्रेडर्समा अनुगमन गरिएको होे । अनुगमन टोलीले अनगुमनको क्रममा केही म्याद गुज्रेका सामान पाइएपछि निकी ट्रेडर्सलाई सचेत गराएर छोडेको । म्याद नागेको मिति भेटिएको सगरमाथा चिल्ली सस १ बोत्तल नष्ट गरेको छ ।
दाङ भ्याली फ्रेस हाउसलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त फ्रेस हाउसमा खशी र कुखुराको मासु एकै स्थलमा राखेर व्यापार गरिएका पाइएको थियो । यसका साथै डि फ्रिजको तापक्रम नमिलाई राख्ने गरेको पाइनुका साथै सरसफाइमा दिन भनिएको छ । उक्त प्रेस हाउसलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३७ को घ अनुसार कसुरमा दफा ३९ को (क) अनुसार कारवाही गरिएको हो । पर्यटन, उद्योग, वाणिज्य तथा उपभोत्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण ढकालका अनुसार कागेजात सहित ३ दिन भित्र उपस्थित हुन फ्रेस हाउस सञ्चालकलाई निर्देशन दिइएको छ ।
पर्यटन उद्योग बाणिज्य तथा उपभोक्ता हित निर्देशनालय पोखराका निर्देशक ढकालको संयोजकत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि, खाद्य कार्यालय कास्कीका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि, गुणस्तर तथा नाप तौल कार्यालयका प्रतिनिधि र संञ्चारकर्मीको सहभागिता थियो ।
धेरै पैसा तिरेर थोरै मूल्यको बिल लिनुपर्ने बाध्यतामा व्यवसायी
खाद्य उत्पादन कम्पनी र ठूला डिलरहरुले साना डिलर तथा खुद्रा विक्रेतालाई धेरै मूल्य लिएर कम रकमको बिल दिने गरेको पाइएको छ ।
व्यवसायीका अनुसार चिनी प्रति बोराको मुल्य ६ हजार देखि ६१०० रुपैयाँ सम्म लिएर ५२०० रुपैयाँको बिल दिने गरेको पाइएको हो ।
जसका कारण उपभोक्तालाई आफूहरुले महंगोमा चिनी बेच्नु परेको साना व्यवसायीले गुनासो गरेका छन् । निकी टेर्डसका सञ्चालक किरण कुमार जिसीले आफूहरुले किने अनुसारको बिल नपाउँदा धेरै मार्जिन राखेजस्तो देखिएको गुनासो गरे । ‘उत्पादक कम्पनी र ठूला होलसेल पसलेले लिनेभए यतिमा लिनुस बिल यतिको आउँछ भन्छन् ।’ उनले भने, ‘सबै व्यवसायी यसैको मारमा छौं । कसलाई के भन्नु, यहाँ धेरैजसो सामानको बिल थोरै लिएर पैसा धेरै तिर्नु परिरहेको छ ।’
किनेको मूल्यलाई समेत मध्येनजर गरेर २० प्रतिशत मात्र नाफा देखिनेगरी कारोबार गर्नुपरेको उनले सुनाए ।
उनले आफूले १२० रुपैयाँ प्रति किलो चिनी बेच्ने गरेको जानकारी दिए । तर, व्यवसायीलाई १२५ रुपैयाँ प्रतिकिलो चिनीको मूल्य लिनु पर्ने बाध्यता सुनाए । पर्यटन, उद्योग, बाणिज्य तथा उपभोक्ता हित निर्देशनालय पोखराका निर्देशक नारायण ढकालले जति मूल्य तिरेको हो त्यति नै बराबरको बिल लिनुपर्ने बताए । त्यसो नगरेको प्रमाणित भए कानून अनुसार कारबाही हुने समेत उनले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते