बझाङ केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प, दर्जनौँ घर भत्किए

बझाङ केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प, दर्जनौँ घर भत्किए

Eartheque

साङ्केतिक तस्बिर

बझाङ । बझाङ केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

आज दिउँसो २५ मिनेटको फरकमा दुईपटक भूकम्प महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रविन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि ३ बजेर ६ मिनेटमा चैनपुर केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको महसुस सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशसमा समेत गरिएको छ ।

बझाङका जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको बताइएको छ । भूकम्पले थलारा गाउँपालिका–९ को सिरेटा, फकाली, खानी, अफ्ला, चित्रु, मालुमेला, चैनपुर, छविसपाथिभेरा लगायतका ठाउँमा दर्जनभन्दा बढी घर भत्किएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सिरेटामा मात्रै ४० वटा घर पूर्णरूपमा क्षति भएको बताइएको छ । भूकम्पका कारण अन्य ठाउँहरुमा समेत घरहरू भत्किएको स्थानीयले जानकारी दिएका छन् ।

भूकम्प गएपछि स्थानीय सडक, खुला चौरमा आएका छन् । अहिले क्षतिको विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds