प्यूठान। २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
रोल्पा जिल्ला रोल्पा नगरपालिका -३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विकलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।
विकले ती महिलालाई गत भदौ १४ गते दिउँसो स्वर्गद्वारी नगरपालिका-४ भिंगृ बजारस्थित ‘ए वन रेष्टुरेण्ट’मा खाजा खान लगी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोही बेला गर्भ बस्न गएपछि गर्भ फाल्नुपर्छ भन्दै ललाई फकाई थाहा नभएको औषधि सेवन गर्न दिँदा गर्भ खेर गएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते