विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी, पशुपति, मुक्तिनाथका लागि भारतबाट हिँडेको धार्मिक पर्यटकको टोली पोखरा हुँदै मुस्ताङ प्रस्थान गरेको छ ।
लुम्बिनी, काठमाण्डौंका विभिन्न मठ मन्दिरको दर्शन पश्चात् मनकामना मन्दिर हुँदै शुक्रबार पोखरा आएको उक्त टोली आइतबार हिमालपारीको जिल्ला मुस्ताङ प्रस्थान गरेको हो ।
शुक्रबार पोखरा आएको टोलीले शनिबार पोखरामा र्याली सहित फेवातालमा डुंगा शयर गरी तालबाराही मन्दिरको दर्शन गरेको छ । कोरोना र आर्थिक मन्दिका कारण पोखरा सहित देशका अधिकांश पर्यटकीय स्थानहरुमा न्यून सङ्ख्यामा पर्यटक आगमन भएको अवस्थामा भारतबाट ७३० जनाको जम्बो टोली १३ दिने नेपाल भ्रमणमा आउनु खुशीको कुरा भएको यहाँका होटल तथा पर्यटन व्यवसायीले प्रतिक्रिया दिएका छन् ।
आइतबार टोली ५४ जना हवाई मार्ग हुँदै र अन्य करिब एक सय वटा स्कोरपियो गाडीमा मुक्तिनाथ प्रस्थान गरेको छ । टोलीले शनिबार स्वामी महाराजलाई पोखराको लेकसाइडमा परिक्रमा गराएको थियो ।
सम्बन्धित खबर
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते