पृथ्वी राजमार्ग स्तरोन्नतिमा प्रयोग हुने रोलरबाट डिजल चोरी भएको छ। डिजेल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले २ युवालाई पक्राउसमेत गरेको छ।
पोखरा-मुग्लिन सडक बनाउन प्रयोग भएको रोलर आँबुखैरेनी गाउँपालिका–२ ढाँपटारमा पार्किङ गरी राखिएको थियाे । चोरीमा संग्लन बन्दीपुर गाउँपालिका–५ याम्पाका २७ वर्षीय सुलोचन भट्टराई र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० का रामबहादुर चमार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट गस्तीमा खटिएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको डिएसपी खाँणको भनाइ छ। ‘रोलरबाट ११० लिटर डिजल चोरी गरेर बा २० च ७४९ नम्बरको इसुजु हाइलक्स गाडीमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो’, डिएसपी खाँणले भने।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत तनहुँबाट ७ दिनको म्याद थप गरेर थुनामा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते