पोखरामा सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमा

पोखरामा सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमा

विशेष छुट उपलब्ध

citroen e c3

पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्सको शोरुम पोखराको नयाँबजारमा औपचारिक रुपमा सञ्चालनमा आएको हो । यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता साँग्रिला मोटर्स प्रालिका एसिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरेका हुन् ।

शोरुमको उद्घाटनसँगै नेपाली बजारमा उपलब्ध सिट्रोनका विद्युतीय गाडीको बिक्री शुभारम्भसमेत गरिएको छ । पोखरामा सिट्रोन ई–सी ३ र सी ३ को बिक्री शुभारम्भ गरिएको हो । पछिल्लो समय विद्युतीय गाडीप्रति ग्राहकको आकर्षण बढिरेको सन्दर्भमा सिट्रोनको उपस्थितिले धेरैलाई आकर्षित गर्ने कम्पनीले विश्वास लिएको छ । पोखरामा सार्वजनिक भएका सिट्रोन गाडीको टेष्ट्र ड्राइभसमेत सुरु भएको एस.एस.एल. मोटर्सका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए ।

सिट्रोन ई–सी ३ को लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । विद्युतीय गाडीमा २९.२ किलोवाट आवरको ब्याट्री र ४२.५ किलोवाटको मोटर जडान गरिएको छ । यसको टर्क १४३ एनएम छ । यसलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटर गुडाउन सकिन्छ । ३.३ किलोवाटको एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने ई–सी३ लाई डीसी फास्ट चार्जरको साहयतामा ५७ मिनेट भित्रै ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

‘राम्रो फिचरसहितको गाडी पोखरामा उपलब्ध गराउन हामी सफल भएका छौं,’ उनले भने, ‘टेष्ट ड्राइभ गरेर गाडीबारे जानकारी लिन सक्नुहुन्छ ।’ पोखरा क्षेत्रमा सिट्रोन ई–सी३ लोकप्रिय हुुने उनले विश्वास व्यक्त गरे । बिक्री पछिको सेवालाई प्राथकिता दिदै पोखरा १० औद्योगिक क्षेत्रमा सर्भिस सेन्टरसमेत विस्तार गरिसकिएको बरालले जानकारी दिए । ‘हामी हाम्रा ग्राहकको सुविधालाई पहिलो प्राथमिकतामा राख्छौं,’ उनले भने ।
अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू छ । सो कारलाई १०७ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ । यसमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ ।

अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ जसले सुविधा, मनोरञ्जन र सुरक्षा प्रदान गर्दै समग्र ड्राइभिङ अनुभव निखार्दछ ।

कम मूल्यमा धेरै फिचरहरु सहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूका लागि सिट्रोन ई–सी३ एक आकर्षक रोजाई हो । यसको दमदार पर्फमेन्स, स्टाइलिश डिजाइन, दिगोपन, अत्याधुनिक प्रविधि र आकर्षक मूल्यले विद्युतीय गतिशीलता र लक्जरीलाई आम मानिसको सहज पहुँचमा ल्याएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालि हो ।

विशेष छुट उपलब्ध

सिट्रोनको गाडी खरिदमा विशेष छुट पाउन सकिने भएको छ । कम्पनीले फेस्टिभ स्किम २०८० अन्तर्गत विशेष छुट प्रदान गरेको हो । सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकको आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds