अवैध रुपमा बालुवा ओसार्ने ४ वटा मिनीट्रक कारबाहीमा

अवैध रुपमा बालुवा ओसार्ने ४ वटा मिनीट्रक कारबाहीमा

mini truck

पोखरा। पोखराको सेतीनदीबाट अवैध रुपमा बालुवा ओसार्ने मिनीट्रकलाई पोखरा लेखनाथ महानगरपालिकाले कारबाही गरेको छ ।

आइतबार बगरस्थित कस्सेरी घाटबाट अवैध रुपमा बालुवा ओसार्दै गरेका ४ वटा मिनीट्रकलाई महानगरपालिकाले १०-१० हजार जरिवाना गरेको हो ।

वडा प्रहरी कार्यालय बगरले ती ट्रकलाई समातेर महानगरपालिकालाई बुझाएको हो । महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार ग १ ख ७८०२, ग १ ख ६४८४, ग १ ख ७१५७ र ग १ ख ४०९९ नम्बरका मिनी ट्रक कारबाहीमा परेका हुन् ।

गत आर्थिक वर्षको टेन्डरको समय सकिएको र यो वर्षलाई टेन्डर नभएको अवस्था अवैध रुपमा बालुवा निकासी हुने गरेकाले प्रहरीले सक्रिया बढाएको छ । महानगरपालिकाले यो आर्थिक वर्षको लागि विभिन्न घाटको टेन्डर आह्वान गर्ने तयारी गरेको शर्माले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds