अशक्त २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

दुर्घटना

अशक्त २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

child at jail

बझाङमा अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ परेका छन् ।

हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले जानकारी दिए ।

जबरजस्ती करणी गरी फरार भएका बालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको टोलीले बालुवाटार भन्ने ठाउँबाट नियन्त्रणमा लिएको उनले बताए ।

डीएसपी शाहकाअनुसार पीडित महिलाकी हजुरआमाले करणी गरेको थाहा पाएपछि स्थानीयलाई घटनाबारे बताएकी थिइन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds