पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार कृष्ण दवाडी पुरस्कृति भएका छन् । पृथ्वी होटल व्यवसायी समितिको ११ औं अधिवेशन तथा साधारण सभाको अवसरमा शुक्रबार पत्रकार दवाडीलाई नगद १० हजार, सम्मानपत्र र दोसल्लाले पुरस्कृत गरे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त कार्यालय प्रमुख नवीन पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, समितिका अध्यक्ष बालकृष्ण निउरेले पुरस्कार दवाडीलाई प्रदान गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष तथा प्रेस सेन्टर नेपाल, कास्कीका अध्यक्ष दवाडी करिब डेढ दशक देखि पोखरामा क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएका छन् । दवाडी हिमाली आवाज डटकमका सञ्चालक, सम्पादक हुन् ।
समितिले प्रत्येक दुई/दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ । समितिले दुई जना व्यवसायीलाई पनि सम्मान गरेको छ । होटल शुभ साइतका संचालक शोभाकान्त चापागाई र होटल आरोहीका संचालक कृष्ण प्रसाद शर्मा सम्मान गरेको हो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते