पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले पहिलो अधिबेशनको उद्घाटन समारोहमा पचास हजार कार्यकर्ता पोखरा उतार्ने भएको छ।
आगामी असोज १५ र १६ गते पोखरामा हुन गइरहेको नेकपा (एमाले) गण्डकीको प्रथम प्रदेश अधिवेशनको तयारीको सन्दर्भमा जनपरिचालन उपसमितिको बैठकद्वारा निर्णय गरिएको उपसचिव एबम् प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए।
अधिबेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले अमरसिंह चौरमा गर्ने कार्यक्रम तय भएको आचार्यले उल्लेख गरे।
पार्टी स्थायी कमिटी सदस्य खगराज अधिकारिले अधिबेशन भब्य बनाउन सम्पूर्ण जन संगठन सहित पार्टी पंक्ति प्रभाबकारी ढंगले लागि पर्न आग्रह गरे।
पार्टी स्थायी कमिटी सदस्य थममाया थापाको अध्यक्षतामा सम्पन्न उपसमितिको बैठकले असोज १५ गते हुने उद्घाटनसभामा ५० हजार जना कार्यकर्ता उपस्थिति गराउने तयारीको लागि पालिका, वडा, टोल र जनसंगठनका बैठकको मिति तय गर्ने देखि घरदैलो सम्मको योजना बनाएको पार्टी प्रदेश प्रचार तथा प्रकाशन विभाग सदस्य रामजी प्रसादले जानकारी दिए।
सम्बन्धित खबर
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते