पोखरा । पोखराबाट अवैध लागू औषधसहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १५ नागबेली मार्ग बस्ने बर्ष २५ को वाल आले र सिराहा जिल्ला घर भई हाल पोखरा– ७ घारीपाटन बस्ने बर्ष ३३ को अरुण तामाङ रहेका छन्।
नागबेली मार्गमा लागू औषध बिक्री बितरण भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीले उनीहरुको साथबाट र कोठाबाट नुर्फिन ३० एम्पुल, डाईजपाम ३० एम्पुल र फेनरागन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागू औषध बरामद गरेको छ।
पक्राउ परेका उनीहरुमाथि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते