एमालेले तीन दिनसम्म सबै कार्यक्रम स्थगित गर्ने, पार्टीको झण्डा आधा झुकाउने

एमालेले तीन दिनसम्म सबै कार्यक्रम स्थगित गर्ने, पार्टीको झण्डा आधा झुकाउने

UML-meeting

काठमाडौं । नेकपा (एमाले) ले पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा सबै कार्यालयमा पार्टीको झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालयको आकस्मिक बैठकले नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गर्दै पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय गरेको हो ।

यस्तै, एमालेले तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने भएको छ । बैठकले असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धाञ्जली सभा आयोजना गर्ने पनि निर्णय गरेका छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds