पोखरा महानगरपालिका वडा नं. २८, आरुपाटाका पुष्पराज त्रिपाठीले आफ्नो जन्मदिनको अवसर पारेर जनज्योति माविमा एक लाख एक रुपैंयाँको अक्षयकोष स्थापना गरेका छन् ।
३६ औं जन्म दिनको अवसरमा त्रिपाठीले उक्त रकमको ब्याजबाट आउने रकम विद्यार्थीको अतिरिक्त क्रियाकलापमा खर्च गर्ने गरी कोष स्थापना गरेका हुन् । उनले रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश अधिकारी र विद्यालयका प्रधानाध्यापक नागेन्द्रराज लामिछानेलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा वडा नं. २८ का अध्यक्ष श्रीकृष्ण लामिछाने, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष विश्वरमण अधिकारी, वडा सदस्य डाल्डादेवी भुजेल, व्यवसायी शम्भुराम पाण्डे लगायतले विद्यालयमा अक्षयकोष स्थापना गर्नु त्रिपाठीको उदाहरणीय कार्य भएको बताए ।
त्रिपाठीले पोखराको महेन्द्रपुलमा मोबाइलको व्यवसाय गर्दै आएका छन् ।
सम्बन्धित खबर
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते