गगन थापाको प्रश्न– कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ, काठमाडौंमा एक्लै हिँड्न नपाइने हो ?

गगन थापाको प्रश्न– कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ, काठमाडौंमा एक्लै हिँड्न नपाइने हो ?

गृहमन्त्री र प्रधानमन्त्रीले सह–महामन्त्रीमाथि भएको खुकुरी आक्रमणको जिम्मेवारी लिनुपर्ने

gagan thapa

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र गृहमन्त्रीसँग ‘अब काठमाडौंमा एक्लै हिँड्न नपाइने हो ?’ भनी प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर उनले यस्तो प्रश्न गरेका हुन् ।

“कांग्रेस सहमहामन्त्री तथा संविधानसभा सदस्य महेन्द्र यादव भाग्यले बाँच्नुभएको छ,” उनको भनाई थियो, “सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ । थामथुम पार्ने प्रयास हुँदैछ । यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ । राम्रोसँग अनुसन्धान होस् । गृहमन्त्रीलाई सोध्न चाहन्छु– काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ ।”

उनले प्रधानमन्त्री र गृहमन्त्री पनि बोलेको सुन्दा कोही पनि सुरक्षित छैन भन्ने सन्देश दिएको बताए । “प्रधानमन्त्री गृहमन्त्री बोलेको सुन्छु । काठमाडौंमा एउटा संविधानसभा सदस्य भएको व्यक्ति सुरक्षित छैन भने गृहमन्त्री र प्रधानमन्त्रीलाई छोएको छ कि छैन ?,” उनको प्रश्न थियो, “महेन्द्र यादवले कसैलाई मन नपर्ने कुरा बोले । कसैलाई मन नपराउने बोले भन्दैमा खुकुरी हानिहाल्ने ? यो संसद्भित्र सबैले मनन् गर्ने बेला आएको छ समाजमा असन्तुष्टि छ । हिंसालाई कुनै मानेबाट प्रश्रय दियौँ भने ठूलो मूल्य चुकाउनुपर्छ । यो घटनालाई सामान्यरुपमा लिनुहुँदैन । बैध वा जायज ठहराए नेपाली समाजले ठूलो मूल्य चुकाउनुपर्नेछ ।”

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds