गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कोर्पियो पहिराेमा पर्दा तीन जनाको च्यापिएर मृत्यु भएको छ ।
पाल्पाको रिब्दिकोट गाउँपालिका- २ जोर्तेमा बिहान सवा ८ बजे उकालोमा गुडिरहेका बेला गाडिमाथि पहिरो (ढुंगा) खसेको हाे । मृत्यु हुनेमा एक जना प्रहरी पनि रहेका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरीका सहायक हवल्दार ३२ वर्षीय यमबहादुर बोहरा र गुल्मीको रेसुंगा नगरपालिका- ७ की ५० वर्षीया मनकला सुदारा छन्। अर्का एकजना मृतक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
जीपमा सवार तीन बच्चासहित ८ जनालाई उद्धार गरी पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको छ । उद्दारका लागि नेपाल प्रहरीको टोली त्यसतर्फ गएपनि घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।
पहिरो खस्दा पाल्पा–गुल्मी सडक खण्ड बन्द भएको छ।
सम्बन्धित खबर
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
दार्चुला जीप दुर्घटना [अपडेट] : ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो
जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना : ६ जनाको मृत्यु, ६ जना घाइते
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ