काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुनः काठमाडौँ फिर्ता भएको छ ।
जहाजमा प्राविधिक समस्या आएकाले सो जहाज पुनः काठमाडौँ अवतरण भएको हो ।
सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरू जनकपुर हुँदै सिराहा जान लागेका थिए । जहाजमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता जनकपुर जाँदै थिए ।
तर जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराएकी थिइन् । त्यसपछि जहाज काठमाडौं फिर्ता भएको एमाले उपाध्यक्ष नेम्वाङले बताए ।
बुधबार सिरहामा एमालेको सचिवालय समितिको बैठक बस्दैछ ।
बुद्ध एयरको एउटा जहाज फिर्ता भए पनि एमाले नेताहरुलाई अर्को जहाजमा त्यसतर्फ पठाउने तयारी भएको जनाइएको छ ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ