पोखरा । इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गगतका आङ्गिक क्याम्पसहरूमा अध्ययन शुल्क वृद्धि भएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
शुल्क वृद्धि गर्न नहुने भन्दै इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौरका विद्यार्थी आन्दोलित भएका हुन् । गत साउन २५ गतेको इञ्जिनियरिङ अध्ययन संस्थान, कार्यान्वयन समितिको निर्णयानुसार शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याएकोप्रति क्याम्पसका सबै विद्यार्थी संगठनको ध्यानाकर्षण भएको जनाइएको छ ।

अखिल क्रान्तिकारी अध्यक्ष बासुदेव पौडेल, नेवि संघ सभापति विविशन ओली, अनेरास्ववियु अध्यक्ष साहस कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै हाल क्याम्पसले दिने सुविधा, गुणस्तर र व्यवहारिक पाठ्यक्रममा वृद्धि नभएसम्म एक रुपैंया पनि शुल्क वृद्धि हुन नदिने स्पष्ट पारेका छन् ।
भदौ १० सम्म आफूहरुको माग पूरा नभए प्रवेश परीक्षा समेत अवरुद्ध गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।

यसैबीच, शुल्क वृद्धिका विरुद्ध बृहत् हस्ताक्षर सङ्कलन अभियान पनि सञ्चालन भएको छ । असान्दर्भिक शुल्क वृद्धिले विद्यार्थीलाई मर्का पार्ने र इन्जिनियरिङ अध्ययन संस्थानको सन्दर्भमा सरकारी क्याम्पसहरूकै चर्को शुल्कले सरकारी क्याम्पसहरूको औचित्य नै नरहने भन्दै हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरेको हो ।
अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल क्याम्पस कमिटी इकाई अध्यक्ष बासुदेव पौडेलले चर्को शुल्कको विरुद्धमा सबै विद्यार्थीमा जागरण ल्याउँदै दबाब दिने अभिप्रायले हस्ताक्षर संकलन गरिएको बताए ।

एकलौटीरुपमा गरिएको निर्णय खारेजीको माग गर्दै विद्यार्थीले कालो पट्टि बाँधी विभिन्न नारा लेखी प्ले कार्ड बोकेर नारा लगाउँदै विरोध प्रदर्शन पनि गरेका थिए । विद्यार्थीले क्याम्पस प्रशासनलाई शुल्क घटाउन विज्ञप्ति पनि बुझाएका छन् ।
इकाई कमिटीले आफ्नो आन्दोलन माग पूरा हुन ढिलाइ भएको खण्डमा आन्दोलन झनै चर्काउँदै जाने भन्दै इन्जिनियरिङ अध्ययन संस्थानका डिनलाई चेतावनी नै दिएको छ ।





सम्बन्धित खबर
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट
कृषिको उत्सव आलु महोत्सव
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको क्यालेन्डर विमोचन
ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु