पोखरा नदिपुरस्थित प्रतिभा माविमा वक्तृत्वकला प्रतियोगितामा आयोजना गरिएको छ। विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीले नेपाली र अंग्रेजी भाषामा वक्तृत्वकला प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुुसार नेपाली विषयमा ‘वैदेशिक रोजगारः चुनौती र अवसर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता विद्यार्थीले प्रतिश्पर्धा गरेका थिए। त्यसैगरी, अंग्रेजी भाषामा गरिएको प्रतियोगितामा ‘२१ औं शताब्दीमा साइबर क्राइम’ विषयमा प्रतिश्पर्धा भएको थियो।
नेपाली भाषाको वक्तृत्वकलाका निर्णायकहरुमा डा. पुण्यप्रसाद शर्मा, बोधराज ढकाल, राधाकृष्ण गैह्े्र थिए। त्यस्तै अंग्रेजीतर्फको निर्णायकमा यादव सुवेदी, आकाश सुवेदी र अजय पौडेल थिए।
नेपाली भाषातर्फको प्रतिश्पर्धामा दिपाली भट्टराई, प्रकृति सुवेदी र पूर्णिमा पौडेलले क्रमशः प्रथम, द्वितीय र तृतिय भएका थिए। नेपाली भाषातर्फको प्रतिश्पर्धामा दिपाली भट्टराई, प्रकृति सुवेदी र पूर्णिमा पौडेलले क्रमशः प्रथम, द्वितीय र तृतिय भएका थिए। अंग्रेजीतर्फको प्रतिश्पर्धामा महिमा विक प्रथम, कविन्द्र आचार्य द्वितीय र आयान इकवाल तेश्रो भएका थिए।
विद्यार्थीमा भएको आन्तरिक क्षमता बाहिर ल्याउनका लागि प्रतिश्पर्धा गरिएको प्राचार्य सापकोटाले बताए। अतिरिक्त क्रियाकलाप प्रतियोगिता अन्तर्गत वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको उनले बताए।
सम्बन्धित खबर
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित
पोखरा वडा नं. १५ ले क्रिकेट खेलाडी रचनालाई ३४ हजार नगदसहित सम्मान गर्ने
तालचोक–बेगनास सडकखण्ड विस्तार कामको विश्व बैंक टोलीद्वारा अवलोकन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम