पोखरा उपत्यका भित्र सञ्चालन हुने भाडाका ट्याक्सी मिटरमा चल्न थालेका छन्। शुक्रबारदेखि पोखरामा चल्ने ट्याक्सीले यात्रुसँग मिटरमा उठेको भाडा लिन थालेका हुन्। गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखराभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेको पाइएको हो ।
२०७८ फागुन १ देखि लागू हुनेगरी गण्डकी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि यहाँका ट्याक्सी दाेहाेराे रूटमा यात्रु नपाइने भएपछि मिटरमा चलेका थिएनन्।
शुक्रबार ट्याक्सी मिटरमा चल्न थालेसँगै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले छड्के अनुगमनसमेत गरे। यातायात व्यवस्था कार्यालय (सवारी) कास्की र जिल्ला ट्राफिक कार्यालय कास्कीसँगको समन्वयमा उनले छड्के अनुगमन गरेका हुन्। पोखराको औद्योगिक क्षेत्र, विमानस्थल प्रवेशद्धार तथा पृथ्वीचोक लगायतमा स्थानमा विहानदेखीनै मन्त्रालय, यातायात कार्यालयका कर्मचारी सहित ट्राफिक प्रहरी अनुगमनका लागि खटिएका थिए ।
भाडादर अनुसार १५ किलोमिटरको यात्रामा चढ्नासाथ ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरको १० रुपैयाँ तोकिएको छ। १५ किलोमिटरभन्दा बढीको दूरीमा प्रतिकिलोमिटरको ३७.५० कायम गरिएको छ।
यातायात व्यवस्था कार्यालय सवारीले साउन ३० गते सार्वजनिक सूचना जारी गरी भदौ १ गतेदेखि अनिवार्यरुपमा विलिङ सहितको मिटर जडित ट्याक्सी सञ्चालन गर्न र मिटरमा बिल अनुसारको भाडा लिने गरी सेवा सञ्चालन गर्न सूचना निकालेको थियो । कार्यालयले मिटरमा नहिँड्ने ट्याक्सी चालकहरुलाई कारवाही हुने समेत स्पष्ट पारेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा गरिएको अनुगमन अधिकांश ट्याक्सीले मिटरमा उठ्ने भाडाअनुसार यात्रु बोकेका छन्। सबैभन्दा बढी भाडा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गुड्ने ट्याक्सीले लिने गरेको गुनासो हुन्थ्यो। ट्याक्सीले मनपरी भाडा असुल्ने जनगुनासो भएकाले मिटरमा चलाउन ट्याक्सी व्यवसायीलाई सहमत गराएको मन्त्री जुग्जालीले बताए। ट्याक्सी व्यवसायीलाई सहमत गराएर मिटरमा चलाउन अनिवार्य गरेको उनको भनाइ छ।
ट्याक्सी व्यवसायीले मिटरमा यात्रु चढाए नचढाएको निरन्तर अनुगमन हुने मन्त्री जुग्जालीको दाबी छ। ‘धेरै चरणमा ट्याक्सी व्यवसायसँग छलफल गरेर यो निष्कर्षमा आएको हो। रातो प्लेटले यात्रु बोक्ने अनुमति छँदै छैन। बोकेको पाए कडाइपूर्वक कारबाही गर्छौं’, इन्ड्राइभप्रति लक्षित गर्दै उनले भने
समायोजन गरिएको भाडादर अनुसार १५ किलोमिटरको यात्रामा चढ्नासाथ ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरको १० रुपैयाँ तोकिएको छ। १५ किलोमिटरभन्दा बढीको दूरीमा प्रतिकिलोमिटरको ३७.५० कायम गरिएको छ।
भाडादर घाटा नहुने किसिमले समायाेजन हुनुपर्यो – ट्याक्सी चालक
ट्याक्सी चालकहरुले इन्धनको भाउ घटबढ हुँदा पनि स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था प्रदेश सरकारले गर्नुपर्नेमा जाेड दिएका छन् । उनीहरूले पाेखरा बजार काठमाण्डाै जस्ताे नभएकाे भन्दै यात्रु लिएर गन्तव्यमा पुगेर छाडेपछि रित्तै फर्कनुपर्ने बाध्यता रहेकाेले घाटा हुने बताउँदै आएका छन् ।
‘पोखरा बजार सानो छ । काठमाण्डौ हेरेर हुँदैन । ट्याक्सी धेरै छन् । घण्टौँ लाइनमा बसेपछि पालो आउँछ । १-२ सय ट्रिपमा छुट्नुपर्छ । फर्कदाँ रित्तै फर्किनुपर्छ । यताबाट लगेपनि फर्कँदा यात्रु पाइँदैन ।’ ट्याक्सी चालक बेद क्षेत्रीले भने– ‘त्यसैले दुईतर्फी तेल खर्च पनि नउठ्ने अवस्था आउन सक्छ । लाखौँ लोन छ । हाम्रो पनि समस्या छ । सबैले ठगेका हुँदैनन् । हाम्रो समस्यालाई पनि मिडियाले ठाउँ दिनुपर्यो नि ।’
आफूहरु मिटरमा चलाउन तयार नै रहेको तर भाडा समायोजन घाटा नलाग्ने हिसाबले हुनुपर्नेमा चालकहरुले जोड दिएका छन् ।
सम्बन्धित खबर
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित
पोखरा वडा नं. १५ ले क्रिकेट खेलाडी रचनालाई ३४ हजार नगदसहित सम्मान गर्ने
तालचोक–बेगनास सडकखण्ड विस्तार कामको विश्व बैंक टोलीद्वारा अवलोकन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम