साउनको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लाग्यो । सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक ब्रत समाप्त गरेका छन् ।
काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको तौलेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइचो लागेको थियो । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनिसोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको थियो । रुपन्देहीको परमेश्वर बाेलबमधाममा पनि दिनभर जसो श्रदालुहरुको घुईँचो लागेको थियो ।
साउन अन्तिम सोमबार हजारौं भक्तजनले पोखराको केदारेश्वर मन्दिर, हरिहर मन्दिर, विन्ध्यवासिनी स्थित शिव मन्दिर लगायत सबै शिव मन्दिरहरूमा दर्शन गरेका छन् । शिवलिंगमा जल चढाउन तथा पूजाआजाका लागि भक्तजन बिहानदेखि नै लाइन बसेका थिए ।

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ यसपालिको २० औं संस्करणको बोलबममा अन्य सोमबारको तुलनामा भक्तजनको भीड बढेको केदारेश्वर महादेवमणि सेवाश्रम समितिले जनाएकाे छ ।

सदाझैं सेतीनदीकिनरा गाईघाटमा पवित्र जल उठाई भक्तजन बाजागाजाका साथ भजनकीर्तन गर्दै फेवाताल किनार केदारेश्वर मन्दिरमा पुगेका थिए । मन्दिरमा विदेशी पर्यटकको पनि उपस्थिति पनि उस्तै थियो । उनीहरु भजनमा नाचेर दंग परे ।

गाईघाटमा १०८ धारामा स्नान, ८ किमी पैदलयात्रासहित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाइने हुँदा आठ संयोगका कारण केदारेश्वरको महत्व बढेर गएको छ ।

सोमबार विभिन्न धार्मिक स्थलहरुमा स्नान गरी त्यहाँको जल लगेर महादेवलाई चढाए चारधाम गएसरहको पूण्य प्राप्त हुने तथा सुख संमृद्धि मिल्ने धार्मिक विश्वास छ । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । त्यसमा सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ ।

विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ सोमबारमा शिवको आराधना गर्दछन् ।



सम्बन्धित खबर
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट
कृषिको उत्सव आलु महोत्सव
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको क्यालेन्डर विमोचन
ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु