लामो समय देखि लागुऔषध उपचार तथा पुनर्स्थापनाको क्षेत्रमा काम गर्दे आइरहेको पोखरा १४ स्थित गेटवे फाउन्डेशन नेपालले पूर्व लागुऔषध प्रयोगकर्ताबीच फुटसल प्रतियोगिता गर्ने भएको छ।
भदौ २० गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा करिब १५ टीम सहभागी हुने प्रतियोगिताका संयाेजक रोशन गुरूङले जानकारी दिए ।
‘लागुऔषधको समस्या छ र संगसंगै यसको समधान पनि छ, लागुऔषध छोडेर समाजमा उत्पादक सदस्य बन्न सकिन्छ’ भन्ने अभिप्रायका साथ फुटसल प्रतियोगिताको आयोजना गरिएको फाउन्डेशनका कार्यक्रम संयाेजक सुनिल गुरूङले बताए ।
दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुने टीमले ४० हजार नगदसहित मेडल प्रमाणपत्र र शिल्ड प्रप्त गर्नेछ भने द्वितीय हुने टीमले २० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रप्त गर्ने छ ।
साथै, उत्कृष्ट खेलाडि, अनुशासित टीम, उच्च गोलकर्ताले पनि पुरस्कार प्रप्त गर्ने छन्। टीम दर्ता शुल्क ५ हजार रहेको प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट सहभागी हुने आयोजकले जानकारी दिएकाे छ ।
सम्बन्धित खबर
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
प्रतिभामा त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम
पिसीएमका नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण [तस्वीरहरू]
एमालेका जनप्रतिनिधिले मागे पोखरा महानगरको विशेष नगरसभा
पोखरा वडा नं. १२: आइटी पढ्नेलाई नि:शुल्क इन्टरनेट
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते