पोखरा । पद्म नर्सिङ्ग होम प्रा.लि.ले जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.का सेयर सदस्यलाई उपचारमा छुट प्रदान गर्ने भएको छ । पोखरा –३ नदिपुर स्थिति पद्म नर्सिङ्ग होम प्रा.लि.ले पोखरा– ११ रानीपौवामा प्रधान कार्यलय रहेको जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सेयर सदस्यलाई नर्सिङ्ग होममा उपचार गराउदा बिशेष छुट सुबिधा उपलब्ध गराउने सम्झौता गरेको हो ।
दुबै संस्था बिच शुक्रबार उपचारमा छुट सुबिधा दिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पद्म नर्सिङ्ग होम प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत शुसिल केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नर्सिङ्ग होमले सहकारीका शेयर सदस्यहरुलाई बहिरंग (ओपिडी) सेवा बाहेकका अन्य उपलब्ध सेवाहरुमा २० प्रतिशत र ओैषधीमा ५ प्रतिशत छुट दिने पद्म नर्सिङ्ग प्रा.लि. सहायक ब्यवस्थाक नरेश पौडेलले जानकारी दिए । उनका अनुसार छुट सेवा प्राप्त गर्नका लागि सहकारीको सेयर सदस्य भएको आधिकारिक प्रमाण पत्र पेस गर्नु पर्र्नेेछ । सम्झौतालाई आवश्यकता अनुसार परिमार्जित गरेर हरेक बर्ष नवीकरण गर्न सकिने नर्सिङ्ग होमले जनाएको छ ।
सम्झौतामा हस्ताक्षर गर्दै नर्सिङ्ग होमका प्रबन्ध निर्देशक बास्तोलाले आफ्नो संस्था नाफा मुलक मात्रै नभई सेवा भावलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको भन्दै सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने लक्ष लिएको बताए। आफुहरुको परिवारको सदस्यको रुपमा जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.थपिएको र आगमी दिनमा छुट सुबिधालाई थप गर्दै लगिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत केसीले आफ्नो संस्थासँग नर्सिङ्ग होमले सहकार्यको सुरुवात गरेकोमा खुसी व्यक्त गर्दै दुबै संस्था बिचको सम्झौताले एक आपसमा ब्यवसाय प्रबर्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरेको बताए। पद्म नर्सिङ्ग होमले यस अगाडी पोखरा– २६ मा कार्यलय रहेको सत्यता बचत तथा ऋण सहकारी संस्था लि. सँग पनि यस्तै सम्झौता गरेको थियो ।
बिगत २८ बर्ष देखि पोखराको न्युरोडमा भाडाको भवनमा संचालनमा रहेको यस क्षेत्रकै पहिलो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा.लि. गत असोज देखि पोखरा –३, नदिपुर स्थित आफ्नै सुबिधा सम्पन्न भवनबाट संचालनमा आएको थियो । हस्पिटलमा २४ सै घण्टा आकस्मिक सेवा, मुटु तथा मेडिकल, जनरल सर्जरी, आँखा सम्बन्धि रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी सम्बन्धि रोग, बालरोग, स्त्रीरोग, छाला तथा एलर्जी, बाल दन्तरोग, नसा तथा मानसिक रोग लगायतका बहिरंग (ओपिडी) सेवा संचालनमा छन् । यस्तै अत्याधुनिक प्रयोगशाला, सबै प्रकारका अप्रेसन सेवाहरु, आइसियु, एनआईसियु, एक्सरे, भिडियो एक्सरे, इण्डोस्कोपी, कोल्नोस्कोपी, इकोकार्डियोग्राफी, एलर्जी परिक्षण एवं स्किन लेजर सर्जरी लगायतका सेवाहरु पनि संचालनमा रहेको हस्पिटलले जनाएको छ ।
सम्बन्धित खबर
संविधान दिवस : तिलडाँडा सामुदायिक वन वाटिकामा वृक्षारोपण
नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुने
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ
सयौं च्याङ्ग्रा लिएर कहाँ गायब भए मुन्ना ? सँगै पोखरा झरेका च्याङ्ग्राधनी खोजेको खोज्यै
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग