काठमाण्डौ। प्रमुख प्रतिपक्षी नेकपा एमालले बुधबार पनि संसद्मा अवरोध जारी राखेको छ। १०० केजी सुन बरामद प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम गर्दै एमालेले बुधबार पनि संसद अवरुद्ध गरेको हो।
सभामुख देवराज घिमिरेले संसदको काम कारवाही शुरू भएको जनाउ दिए लगत्तै एमालेले बेन्चबाट उठेर विरोध जनाएपछि सभामुख घिमिरेले एमालेका सांसद सूर्यबहादुर थापालाई बोल्न समय दिएका थिए। यद्यपी, थापाले बोल्न समय पाएपनि सत्तापक्षले संसद सुचारू गर्नुपर्ने भन्दै बिरोध गरेका थिए।
सभामुख देवराज घिमिरेले बीच -बीचमा कार्यसूचीअनुसार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि बैठक स्थगित भएको हो।
सभामुख घिमिरेले साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्।
एमालेले साउन ३ गते बरामद भएको सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै लगातार संसद अवरोध गरिरहेको छ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ