काठमाण्डौ। वैदेशिक रोजगारीको लागि क्यानाडा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।
दोलखा जिल्ला जिरी नगरपालिका -६ घर भइ काठमाण्डौ बुढानिलकन्ठ नगरपालिका -३ बस्दै आएकी २७ वर्षीया फूलमाया जिरेललाई प्रहरीले पक्राउ गरेको हो।
जिरेलले नवराज घिमिरे नाम गरेका व्यक्तिलाई क्यानाडाको प्रतिष्ठित होटलमा मासिक १ लाख तलबमा काममा लगाइदिने र त्यसका लागि रू १० लाख लाग्ने भन्दै प्रलोभनमा पारेकी थिइन्।
आफूले प्रक्रिया अगाडी बढाइरहेको भन्दै उनले पटक-पटक गरी तीन लाख चौरहत्तर हजार लिएर सम्पर्क विहिन भएपछि पीडितले उनीविरुद्ध उजूरी दिएका थिए। उजूरी पश्चात वैदेशिक रोजगार विभागले जिरेललाई पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेपछि खोजीकार्यमा जुटेको प्रहरीले शनिबार काठमाण्डौ मिनभवनबाट पक्राउ गरेको हो।
हाल पक्राउ परेकी उनीमाथि अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाण्डौ अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते