पोखरामा रहेको आइएसएमटी कलेजले मानसिक चिन्ता व्यवस्थापन सम्बन्धी एक दिने कार्यक्रम गरेको छ ।
अन्टोज्योति मनोवैज्ञानिक परीक्षण एवम् थेरापी केन्द्रको सहयोगमा आइएसएमटी कलेजले आयोजना गरेको कार्यक्रममा विद्यार्थी उमेरमा आउने विभिन्न समस्या र त्यसले दिने मानसिक तनावका बारेमा छलफल गरिएको हो ।
कार्यक्रमबाट कलेजका सम्पूर्ण विद्यार्थी लाभन्वित भएको अप्रेसन म्यानेजर शिव पौडेलले जानकारी गराए । उनका अनुसार विद्यार्थीको वर्तमान समस्या र समाधानका विषयलाई लिएर कार्यक्रम प्रभावकारी भएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले आफ्नो समस्या लिखित रुपमा राखेका थिए । विद्यार्थीले राखेका समस्याको समाधानका विषयमा मनोवैज्ञानिक परामर्शकर्ता पूर्णशोभा महर्जनले सहजीकरण गरेकी थिइन् । जसमा राधिका कँडेलको साथ थियो । उनीहरुले मानसिक चिन्ताको समाधानका उपायका विभिन्न तरिका र साधनाका विषयमा चर्चा गरेका थिए ।
भविष्यलाई लिएर पछिल्लो समय विद्यार्थीमा मानसिक चिन्ता बढ्दै गएको छ । के गर्ने कसो गर्ने विषयमा सहजीकरणको अभाव हुँदा समस्या उत्पन्न भएको छ । जसलाई अनुसरण गर्दै आइएसएमटीले विद्यार्थीको मानसिक चिन्ता व्यवस्थापनका बारेमा यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ । जसले विद्यार्थीलाई चिन्ताबाट मुक्त गराई सही निर्णय लिन सहयोग पुर्याएको छ ।
आइएसएमटी बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त कलेज हो । यस कलेजमा हाल बिएएससी आइटी, बीबीए पढाइ भइरहेको छ । बीएचएम र एमबीए पनि शीघ्र संचालन गर्ने तयारीमा कलेज रहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी प्रतिबद्ध छ । व्यावहारिक र प्रयोगात्मक ज्ञानलाई विशेष प्राथमिकता दिएका कारण पनि आइएसएमटीमा विश्वास बढ्दै गएको पौडेल बताउँछन् ।
सम्बन्धित खबर
२० औं फेवा नव वर्ष महोत्सव सुरु
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा प्रवचन दिँदै
पत्रकार हरि पन्तलाई पितृशोक
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण